स्वदेशी उत्पादनलाई देशमा स्थापित गरि बिदेशी आयातलाई प्रतिस्थापन गर्न र दिनप्रतिदिन आयातमा आत्मनिर्भर हुने र युवा स्वरोजगारको कमीले गर्दा स्वदेशी जनशक्ति पलायन हुने तथा राष्ट्रिय अर्थतन्त्र परनिर्भरता तर्फ उन्मुख्ताको अवस्थालाई स्वनिर्भरता तर्फ उन्मुख गराउनको लागि रोजगारीको अवस्था सृजना गरि विदेशिएको जनशक्ति लाई नेपालमै रोजगारी दिलाउने उद्धेश्य सहित बि. स. २०६८ सालमा रोयल फुटवयेर इण्स्ट्रिज प्रा. लि. को स्थापना भएको हो । यस रोयल फुटवयेर इण्स्ट्रिज प्रा. लि. ले उच्च् गुणस्तरयुक्त समय सापेक्ष बजारको मागअनुसार रोयल शु ब्राण्डका आकर्षक जुत्ता चप्पलहरु उत्पादन गर्दै आइरहेको छ । यस इण्स्ट्रिज द्वारा विभिन्न किसिमका आरामदायी गुणस्तरिय र अत्याधुनिक डिजाइनका जुत्ताहरु जस्तै पार्टी शु , स्पोर्ट शु , क्याजुअल शु , सावर शु , बूट , स्कुल शु , कलेज शु , जेन्स तथा लेडिज सेंडलहरु उत्पादन गरि नेपालका ७५ ओटै जिल्लाका उपभोक्ताको साथसाथै विदेशी बजारमा समेत रोयल शु ब्राण्डका उत्पादनलाई बिक्रीवितरण गर्दै आइरहेको छ । यस कम्पनीको मुख्य उद्धेश्य नेपाली बजारमा रहेका विभिन्न किसिमका बिदेशी गुणस्तरहिन जुत्ता चप्पल हरुबाट उपभोक्ताहरु ठगिने र आफ्नो तिरेको मुल्यको उचित सदुपयोग नभई रहेको अवस्था तथा स्वदेशी पुजी बिदेशमा गइरहेको अवस्थालाई केहि हद सम्म भए पनि पर्तिस्थापन गर्न सफल भएको छ । यस कम्पनीका उत्पादनहरु वारेन्टीका साथ उपभोक्ता हरु माझ गइरहेको र उपभोक्ताहरुबाट प्राप्त सल्लाह सुझाब लिइ उत्पादनलाई क्रमस गुणस्तरयुक्त र अत्याधुनिकता तर्फ लागिरहेकोले उपभोक्ताहरुले यस कम्पनीका उत्पादनपर्ति निरन्तर रुपमा देखाउनुभएको बिश्वास, स्नेहले म अत्यन्तै हर्षित छु । भबिश्यमा यस कम्पनीका उत्पादनहरुलाई धेरै भन्दा धेरै उपभोक्ताहरुले मन पराइ रोयल शु ब्राण्डका जुत्ता चप्पल उपयोग गर्नु हुनेछ भन्नेमा यस कम्पनी विश्वस्त छ ।